महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने

ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने भएको छ। पैदल यात्रुलाई असर गरेको भन्दै यसअघि सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गरी पसल राख्न दिने भएको हो।

स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा आजदेखि तिहारभरि पसल राख्न दिने महानगरपालिकाले निर्णय गरेको हो।

‘हामीले तिहारको समयमा व्यवस्थित गरेर लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न दिने निर्णय गरेका हौं,’ मेयर चिरीबाबु महर्जनले भने, ‘तिहारपछि हामी फेरि खाली गर्नेछौं।’

पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको फुटपाथमा पसल राख्दा आवतजावतमा असहजता भए पनि तिहारको समयमा गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए।

‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएका हौं,’ उनले भने,‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चारपाङ्ग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय भएको छ।’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको