१ सय ४६ जना प्रहरी निरीक्षकले सके आधारभूत तालिम, लगाए आफन्तबाट फूली

प्रहरी निरीक्षक (इन्स्पेक्टर) आधारभूत तालिम १८१ औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२ औं) समुहको दीक्षान्त समारोह सम्पन्न भएको छ। आइतबार प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा अयाोजित विशेष समारोहमा गृहमन्त्री बालकृष्ण खाणको आतिथ्यमा समारोह सम्पन्न भएको हो।

गृहमन्त्री खाणले तालिममा पहिलो भएका प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति पुरस्कार प्रदान गरे।

साथै, उनले द्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिस पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्ण बहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरेका हुन्।

उक्त अवसरमा गृहमन्त्री खाणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने, महिला बालबालिका, जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन दीक्षित हुने प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। कानूनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतिमा नेपाल सरकार र गृहमन्त्रालयको पूर्ण साथ रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे।

गृहमन्त्री खाणले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतिको सामना गर्न सफल र सक्ष्म हुने विश्वास व्यक्त गर्नुका साथै तालिममा सिकेका सिप मार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरे।

कठिन र चुनौतिपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उनले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरे।

गृहमन्त्री खाणले नेपाल प्रहरी जस्तो गतिशिल संगठनमा तालिमको महत्व बारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जनाकार रहेको चर्चा गर्दै नेपाल प्रहरीका तालिममा आवश्यकता अनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतिको सामना गर्न सक्ष्म जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेको समेत उल्लेख गरे।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग रहेको चर्चा गर्दै यस तालिमले दीक्षित हुने प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गरे।

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गरे । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै २०७८ साउन १३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिला सहित कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताए ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको