पार्टी विभाजनका क्रममा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेकी एकजना नेतृ निर्मला थापा नेकपा एमालेमा फर्किएकी छन्।
ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर निर्मला थापा आइतवार बालकोट पुगेर एमालेमा फर्किएकी हुन्।
उनीसँगै समाजवादीकै बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गरेका छन्।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले पार्टीमा स्वागत गरे। उनीसहित समाजवादी र माओवादीका जिल्लास्तरीय नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

