भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : महेश बस्नेत

नेकपा एमालेको पोलिटब्युराे सदस्य महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताएका छन्।

शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका – १ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरुको निर्माण प्रकृया अगाडी बढिरहेको जानकारी गराए।

‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,’ बस्नेतले भने, ‘अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।’

बस्नेत भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार समेत हुन्।

महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरु सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलहरुको जिल्लामा व्यापकमात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उनले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरु अगाडी बढिसकेको दाबी गरे।

जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उहाँले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरणको योजना अगाडी बढाईको जानकारी दिए।

भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, कवोर्ड हल, रंगशाला लगायतका योजनाहरु पनि अगाडी बढिसकेको उनले बताए।

पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायतका क्षेत्रहरुलाई उद्योगसँग जोड्नुपर्नेमा उनको जोड थियो। नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरुको बौद्धिक समुदायको जिल्लाको रुपमा विकास गराउने आफ्नो योजना रहेको सुनाए।

जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजिको रुपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रुपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता जनाए।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको