ओलीले भीम रावललाई बूढो भनेपछि…

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले कञ्चनपुरमा गरेको चुनावी सम्बोधनप्रति आपत्ति जनाएका छन्।

कञ्चनपुरको चुनावी सभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्। त्यस सभामा ओलीले बोल्दै गर्दा रावलको पक्षमा नाराबाजी भएको थिय‍ो।

अनि ओलीले त्यतैतिर फर्केर भने, ‘भीम रावलको तपाईहरुलाई कति चिन्ता? ०४८ सालदेखि खादैहुनुहुन्छ, बुढो भइसक्नु भयो… अरुलाई मौका दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल.. थुप्रो रावलहरु छन् नि सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि लैजानुछ…।’

ओलीसँग १० औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता रावलले यसपटक अछाम १ मा टिकट पाएनन्। उनको टिकट खोसेर ओलीले त्यहाँ माओवादी पृष्ठभूमिका झपट बोहरालाई उम्मेदवार बनाएका छन्।

भीडबाट भीम रावलको पक्षमा नाराबाजी भएपछि ओलीले आक्रोशित हुँदै ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ भनेका थिए।

यसमा आपत्ति जनाउँदै रावलले ओलीलाई भनेका छन्, ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’

सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीलाई उनले ‘केपी ओलीले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको’ जवाफ दिएका छन्।

‘स्मरण रहोस्, अछाम जिल्ला र देशैभर ब्राह्मण र क्षेत्री गरी थुप्रै ओली छन्। तिनलाई एमालेमा तत्काल अध्यक्ष किन नबनाउने?’ रावलको प्रश्न छ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको