अबको नेपाल हाक्ने युवाहरु प्रदीप, गगन, विश्वप्रकाश हुन्

काठमाडौं – अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा. स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरुले अब युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।

बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसदमा रहेको बताए । गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरुको हातेमालो गरेर अघि बढ्नुपर्ने डा. वाग्लेको धारणा रहेको छ ।

उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली काग्रेसमा आशालाग्दा केही अनुहारहरु हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ । उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं–५, काठमाडौं–४ र झापा–१ बाट आएर चाँही तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् । तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् ।’

त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरुलाई बोकेर हिँड्नपर्नेमा जोड दिँदै हजारौ लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरुलाई उत्साहित गर्नुपर्ने बताए ।

त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागि समेत तीन युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए ।

‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ ।’ डा. वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उहाँहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ ।’

त्यसैगरी काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेवारहरुलाई जितको शुभकामना समेत व्यक्त गरेका छन् ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको