घनश्याम भुसालले ल्याएको प्रतिवद्धतापत्रमा के छ ?

रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम भुसालले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। तिलोत्तमाको चार नम्बरमा आयोजित कार्यक्रममा उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरे।

एमाले परित्याग गरेर भुसाल यो क्षेत्रबाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार बनेका हुन्। तर उनलाई कांग्रेस, माओवादी केन्द्र लगायत ५ दलीय गठबन्धनको समर्थन छ।

भुसालको प्रतिबद्धता पत्रमा गौतमबुद्धको माओली क्षेत्र देवदहलाई अन्तर्राष्ट्रिय सम्पदामा समावेश गर्न पहल गर्ने उल्लेख छ। त्यसका लागि पुरातत्व विभागबाट उत्खनन् गराउने उनले बताए।

त्यस्तै, देवदहको बाह्रकुने कुवा, कन्यामाइ, बैरिमाइ, भवानीपुर, पाकडी वृक्ष, खयरडाँडा जस्ता पुरातात्विक स्थलको संरक्षण गरेर पर्यटकीय विकास गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने र त्यहाँ बौद्धकालिन अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने प्रतिबद्धता पत्रमा लेखिएको छ।

देवदहका दुई क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्ने, देवदह, ओमसतिया, रोहिणी तिलोत्तमालाई समेटेर बृहत चक्रपथ निर्माण गर्ने कुरा उल्लेख छ।

त्यस्तै, नदी तथा खोला प्रभावित १० स्थानमा तटबन्धको कार्य अघि बढाउने, कृषितर्फ कृषि उपज संकलन केन्द्र, शीत भण्डारको स्थापना लगायतका योजना रहेको भुसालले जानकारी दिए।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको