नेपालमा एकै रात तीन भूकम्प : ६ जनाको मृत्यु, ५ व्यक्ति घाइते

गएराति डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्प गएका छन्। यी भूकम्पमध्ये बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले सुदूरपश्चिममा मानवीय क्षति पनि भएको छ।

डोटीको पूर्वी चौकी बजारमा कम्तीमा ६ जनाको ज्यान गएको खबर आएको छ। २०७२ वैशाख १२ को गोरखा भूकम्पयता पहिलो पटक सुदूरपश्चिममा मानवीय क्षति हुने गरी ठूलो धक्का महसुस भएको हो। यसले कयौँ घरसहितका भौतिक पूर्वाधार क्षतिग्रस्त भएका छन्।

यी भूकम्पमध्ये खप्तडलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ९ बजेर ७ मिनेटमा खप्तड क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।

यो भूकम्पको धक्काले घर र अन्य भौतिक पूर्वाधार हल्लिए पनि कुनै क्षति भएको थिएन। त्यसपछि अर्को भूकम्पको धक्का मंगलबार राति नै ९ बजेर ५६ मिनेटमा महसुस भयो।

४.१ म्याग्निच्युडको यसले पनि मानिसहरुलाई आतंकित बनायो। तर कुनै मानवीय र भौतिक क्षति भएन। तर यी दुई धक्कापछि मानिसहरु सुतिसकेको समयमा बुधबार बिहान सबेरै गोरखा भूकम्पयताकै ठूलो ६.६ म्याग्निच्युडको धक्का महुसस भयो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो भूकम्पको केन्द्रबिन्दु पनि खप्तड नै थियो।

यस भूकम्पका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश तथा अन्य छिमेकी भूगोलमा पनि कडा धक्का महुसस भयो।

अघिल्ला दुईवटाले कुनै भौतिक तथा मानवीय क्षति भएको थिएन। तर यसले डोटीको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको ज्यान गएको छ।

यस भूकम्पका कारण मस्त निद्रामा रहेका मानिसहरुबीच खुला ठाउँ र सडकमा भागाभागको अवस्था ल्याइदियो। काठमाडौंसहित पू्र्वी नेपालमा २०७२ को गोरखा भूकम्पले ठूलो क्षति गरेको थियो।

त्यसबेलादेखि नै सुदूरपश्चिम पहाड भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका थिए। त्यसक्षेत्रमा लामो समयदेखि भूकम्प नगएका कारण जोखिम आँकलन गरिएको थियो।

सुदूर र मध्यपश्चिम पहाडमा यसअघि साना धक्का महसुस भइरहन्थे। तर यति शक्तिशाली धक्का गोरखा भूकम्पयताकै पहिलो हो। जसले मानवीयसँगै ठूलो भौतिक क्षति पनि गराएको छ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको