कसैले टक्कर दिन नसक्ने ओलीलाई मैले सरकारबाट ढालेँ – माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफूले टक्कर दिएर ढालेको बताएका छन्।

बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले कसैले पनि टक्कर दिन नसक्ने ठानेका ओलीलाई टक्कर दिँदै उनी नेतृत्वको सरकार आफूले ढालेको टिप्पणी गरेका हुन्।

‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन्। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ,’ उनले भने।

सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा खारेज गरेपछि एमाले र माओवादी ब्युँतिएको थियो। त्यसपछि माओवादीले सरकारको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संसदमा २०७८ वैशाख २७ मा विश्वासको मत लिएका थिए।

त्यसबेला नेता नेपाल पक्षका २८ सांसदले ओलीलाई विश्वासको मत नदिँदा उनको सरकार संकटमा परेको थियो। यो प्रकरणबाट एमालेमा विवाद चर्किंदै गएपछि नेपाल र अध्यक्ष ओली पक्षधरले १० बुँदे सहमति गरेका थिए।

त्यस सहमति पालनामा अध्यक्ष ओलीले बेवास्ता गरेको आरोप लगाउँदै नेता नेपालले २०७८ भदौ ९ मा एमालेबाट अलग भएर आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको