पूर्वयुवराज्ञी हिमानी शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।
उनी घाँटीमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा बुधबार नै भर्ना भएको बताइएको छ।
टन्सिल भएपछि त्यसको उपचारका लागि उनी अस्पतालमा भर्ना भएकी हुन्। उनीसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा रहेका छन्।
पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।
