विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड फाइनलमा

भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमा पुरा गर्‍यो।

इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे। एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टी-२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्। कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् । लोकेश राहुल ५ रनमा क्याच आउट भए ।

रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए। विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट हात पारे।

अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग आइतबार प्रतिस्धर्पा गर्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको