विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड फाइनलमा

भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमा पुरा गर्‍यो।

इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे। एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टी-२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्। कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् । लोकेश राहुल ५ रनमा क्याच आउट भए ।

रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए। विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट हात पारे।

अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग आइतबार प्रतिस्धर्पा गर्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

सिफारिस

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय,...

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । नेपाल प्रहरीमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर...

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य...

धेरै पढिएको