यी ठाउँमा हुँदैछ काठमाडौंका १० क्षेत्रको मतगणना

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरू गर्ने तयारी गरिएको उनले जानकारी दिनुए। काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ।

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ।

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरू गरिसकिएको छ। निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरू गरिएको जानकारी दिइन्। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ।

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ। ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको