ललितपुर क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो मतगणना नतिजा सार्वजनिक भएको छ। नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्। उनले २९८० मत पाएका छन्। एमाले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता भन्दा झन्डै दोब्बर मतले अघि रहेका छन्।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले १२७७ मत पाएका छन्। हाम्रो नेपाली पार्टीका सुदिन शाक्य ‘लौरो’ले २४९७ मत पाएका छन्। भने राप्रपाका रघुवार थापाले १२२६ मत पाएका छन् ।
पाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा चार ठाउँबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना ४ बजे सुरु गरिएको हो।
सो क्षेत्रमा ५० हजार ३४ मत खसेको छ। दलहरुले ससाना कुरामा बखेडा झिक्नथालेपछि मतगणना थाल्न ढिलाइ भएको मुनाकर्मीले बताइन्।
ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार अमृत खड्काले अग्रता कायम राखेका हुन्।
जारी मतगणनामा अहिलेसम्म १३ सय मतगणना भएको छ। जसमा खड्काले ५१६ मत ल्याएका छन्। दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की छिन्। उनले ४९८ मत ल्याएकी छन्।
यसपछि रहेकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले २९७ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, ललितपुर क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन कार्यालय, गोदावारीका अनुसार अहिलेसम्म १२ सय ८८ मत गणना भएको छ।
जसमा नेकपा एमालेले ६ सय ६२ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले ४ सय २ मत प्राप्त गरेकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ५१, जनता समाजवादी पार्टीले ५ र अन्यले ५ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालका अनुसार ६५ मत बदर भएको जानकारी दिएको छ।
ललितपुर १ मा एमालेका तर्फबाट नवराज सिलवाल, नेपाली कांग्रेसका तर्फबाट उदयशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टी सचिन घिमिरे उम्मेदवार छन्। यस क्षेत्रबाट २०७४ मा एमालेका सिलवाल विजयी भएका थिए।
