काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान तेस्रो

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले सुरुवाती अग्रता लिएका छन् । रवीन्द्र मिश्रले २८९ मत ल्याएका छन् । नेकपा एमालेका किरण पौडेलले १ सय ८६ र नेपाली कांग्रेसका प्रकाशमान सिंहले १ सय ८३ मत ल्याएका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार पनि छन् ।

त्यस्तै, देशका विभिन्न प्रतिनिधि सभा क्षेत्रमा मतगणना सुरू भएका छन्। आज बिहानसम्म प्रारम्भिक मतपरिणाम आएको छ भने मतगणना जारी छ।

अहिलेसम्म मुस्ताङमा तीन हजार सात सय ७९ मत गणना गरिएको छ। नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने ४० मत बदर भएको छ। अब करिब तीन हजार पाँच सय मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

यस्तै धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले प्रारम्भिक अग्रता लिएकी छन्। मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महतोले ६०८ मत ल्याएकी छन्।

उनलाई जनमत पार्टीका शम्भुनाथ साहले ३२० मतसहित पछ्याइरहेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झा ३१५ मतसहित तेस्रो स्थानमा छन्। मतगणना जारी छ।

भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म ५ हजार ९० मतगणना भएकोमा कांग्रेसका दुर्लभ थापाले २ हजार २ सय ३१ मत पाएका छन्।

उनलाई पच्छाइरहेका एमालेका महेश बस्नेतले १ हजार ६ सय ३२ मत पाएका छन्। बस्नेत सोही क्षेत्रबाट २०७४ मा निर्वाचित भएका थिए। मतगणना जारी छ।

कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत प्राप्त गरेका छन्।

उनलाई एमालेकी विद्या भट्टराईले १२२ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन्।

यसैगरी राप्रपाका सुवर्णराज पन्तले ७५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महादेव गुरूङले २८ मत ल्याएका छन्। मतगणना जारी छ।

ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरूवाती अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार सिलवालले ६६७ मतसहित अग्रता कायम गरेका छन्।

सिलवाललाई नेपाली कांग्रेसका उदयशमशेरले ४०२ मतसहित पछ्याइरहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्।

यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेका सिलवाल नै विजयी भएका थिए। उनले त्यो बेला पनि कांग्रेसका शमशेरलाई पराजित गरेका थिए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्। मतगणना जारी छ। ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा एमालेका प्रेम बहादुर महर्जनले २ हजार ९ सय ८० मत ल्याएका छन्।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन्। राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत ल्याएका छन्। मतगणना जारी छ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको