काठमाडौं १ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका प्रकाशमान सिंहले ८१६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका राप्रपाका रवीन्द्र मिश्रले ७३५ मत पाएका छन् ।
यसैगरी एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ३५९ मत पाएका छन् । यसैगरी रमेश खरेलले ३५६ मत पाएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार पनि छन् ।
त्यस्तै, काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् ।
एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।
