भक्तपुर क्षेत्र नम्बर १ को मतगणाना सुरु भएको छ। सुरुवाती मतपरिणाम अनुसार नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा देखिएको छ।
जिल्ला निवार्चन अधिकरी गोपालप्रसाद बाँस्तोलाले दिएको जानाकारी अनुसार केही बेरअघि मतगणाना सुरु भएको हो।
सुरुवादी परिणामअनुसार नेमकिपाको गढ मानिएको यस क्षेत्रमा राप्रपा अग्र स्थानमा देखिएको छ।
पछिल्ले मत परिणामअनुसार राप्रपाका भरतबहादुर खड्का ३५९ मतसहित अगाडि देखिएका छन्। यहाँ एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन्।
अर्कातिर नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै माओवादी केन्द्रका सुनिल गोठे २०२ मतसहित चौथो स्थानमा देखिएका छन्।
