झापा-५ अपडेट: केपी ओलीले कति ल्याए मत ?

झापा क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन्। पछिलो मतपरिणाम अनुसार ओली ८९७८ मतसहित पहिलो स्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ५४४८ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल १४८६ मतसहित तेस्रो स्थानमा छन् भने जनमत पार्टीका भीम राजवंशी ८६८ मतसहित चौथो स्थानमा छन्।

झापा-५ मा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ। यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा ओली नै चुनिएका थिए।झापाामा कुल पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानको परिणाम आउने क्रम जारी रहेको छ। समानुपातिकतर्फको पनि मतपरिणाम जारी भइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार समानुपातिक तर्फ नेकपा एमाले पहिलो नम्बरमा छ। एमालेले ४३ हजार ५ सय ८५ मत ल्याएको छ। यस्तै दोस्रोमा रहेको कांग्रेसले ३८ हजार ३२४ मत पाएको छ।

नेकपा माओवादी केन्द्र भने चौथो स्थानमा छ। माओवादीलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ। रास्वपा १८ हजार १२३ मत पाउँदै तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको माओवादीले भने १६ हजार ७१६ मत पाएको छ।

८ हजार ६२१ मतसहित राप्रपा पाँचौं स्थानमा छ। यस्तै नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फ नवौं स्थानमा छ। उसले २ हजार ३० मत पाएको छ।

(देशभर समानुपातिकतर्फ अहिलेसम्मको ताजा अपडेट)
1. नेकपा एमाले ४३ हजार ५ सय ८५ मत सहित पहिलो
2. कांग्रेस ३८ हजार ३ सय २४ मत सहित दोस्रो
3. स्वतन्त्र पार्टी १८ हजार १ सय २३ मत सहित तेस्रो
4. माओवादी १६ हजार ७ सय १६ मत सहित चौथो
5. राप्रपा ८ हजार ६ सय २१ मत सहित पाँचौ
6. जसपा नेपाल ३ हजार २ सय ४ मत सहित छैठौं
7. नेपाल मजदुर किसान पार्टी २ हजार ९ सय १० मत सहित सातौ
8. जनमत पार्टी २ हजार ८ सय १५ मत सहित आठौ
9. नेकपा एकीकृत समाजवादी २ हजार ३० मत सहित नौं
10. लोसपा नेपाल १ हजार ५ सय ६३ मत सहित दसौँ स्थानमा रहेका छन ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको