गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै एमालेका गाेकर्ण विष्टले अग्रता कायम राखेका छन् ।
अहिलेसममा विष्टले ७ हजार ७ सय ५६ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीकी झाँक्रीकाे खातामा ५ हजार ५ सय ९१ मत पाएकी छन् ।
यहाँ झाँक्री र विष्टकाे कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे थियाे । तर विष्टले भारी मतले लिड गरिरहेका छन् ।
गुल्मी क्षेत्र नं. १ को भने मतगणना हुन सकेको छैन । मंसिर ४ गतेको निर्वाचनमा कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित भगवती मावि केन्द्रमा मतदातालाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र दिएको पत्ता लागेपछि सो केन्द्रको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यहाँ आज (मंगलवार) पुनः मतदान गर्न लागिएको छ ।
उता, पाल्पाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका ठाकुर गैरेले ३०९० मतका साथ अग्रता लिएका छन्।
त्यहाँ एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २४२६ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ४१९ मत पाएका छन्।
क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन्। ६४ हजार २ सय ३ मत खसेको छ ।
