एकीकृत समाजवादीले पनि खोल्यो खाता, अछामबाट कुँवर निर्वाचित, को हुन् उनी ?

काठमाडौं – एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन् ।

को हुन् कुँवर ?
कुँवर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्। उनी गत फागुन २० गतेसम्म राष्ट्रियसभा सदस्य थिए।

उनको जन्म २०२३ वैशाख २६ गते अछामको चौरपाटी गाउँपालिका–४ मा भएको हो। उनका बुवा कर्णबहादुर र आमा वसुन्धरा हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

कुँवरले नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। उनी २०४९ सालदेखि मात्र पार्टी राजनीतिमा आएका हुन्। नेकपा एमाले विभाजनपछि अहिले उनी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्।

कुँवर पहिलो पटक २०३८ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए। २०४७ सालमा अनेरास्ववियु अछाम जिल्ला कमिटीको अध्यक्ष बने। त्यसबेला तत्कालीन माले र मार्क्सवादी मिलेर एमाले बनिसकेको थियो। उनी २०४९ सालमा पार्टी राजनीतिमा होमिँदा त्यही साल एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाउन सफल भए।

२०५४ सालदेखि २०६२ सालसम्म जिल्ला कमिटी उपसचिव र २०६२ सालदेखि २०६६ सालसम्म जिल्ला कमिटी सचिव भए। एमालेको विधानअनुसार त्यतिबेला जिल्ला कमिटीको नेतृत्व सचिवले गर्ने गर्थे। पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि उनी २०६९ सालदेखि २०७५ सालसम्म जिल्ला कमिटी अध्यक्ष बने। नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहिसकेका उनी २०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको तत्कालीन नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य थिए।

जिल्लाको राजनीतिमा रहेका कुँवरको संसदीय यात्रा भने २०६४ सालबाट सुरु भएको हो। शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीले देशभर प्रभाव जमाउँदा उनी पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ बाट निर्वाचित भएका थिए।

उनी संघीय संसद् राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ सालमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए। राष्ट्रिय सभा सदस्य हुँदा उनी विधायन व्यवस्थापन समिति सदस्य थिए।

समाजसेवामा विशेष रुचि राख्ने मन्त्री कुँवर राजनीतिमा पूर्ण रुपमा लाग्नुअघि लेखा व्यावसायमा आबद्ध थिए। उनी विभिन्न आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासतमा बसेका छन्।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको