काठमाडौं- ५ बाट चुनाव लडेका हेमराज थापाको जमानत जफत

कडा अभिव्यक्तिका कारण चर्चामा आएका स्वतन्त्र उम्मेदवार हेमराज थापाले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा चुनावमा २४ सय मत पाएका छन् । तर, उनले जमानत जोगाउन भने सकेनन् । यो क्षेत्रमा जमानत सुरक्षित गर्न ४६ सय मत ल्याउनुपर्थ्यो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । याे क्षेत्रमा कुल ७० हजार ९ सय १९ मतदाता रहे पनि ४५ हजार ९ सय ९७ मत मात्रै खसेकाे थियाे ।

काठमाडाैं ५ बाट कांग्रेसका प्रदीप पाैडेल निर्वाचित भए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका पौडेलले १५ हजार २ सय ३७ मत पाए । अघिल्लो चुनावमा यसै क्षेत्रबाट निर्वाचित पोखरेल यसपालि १० हजार १ सय ७५ मत ल्याएर दाेस्राे बने ।

विद्यार्थी राजनीतिबाट उदाएका पौडेल कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए । तर त्यसबेला उनी गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

काठमाडौं ५ बाट अघिल्लो चुनावमा ईश्वर पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । तर, यसपटक भने कांग्रेसका युवा उम्मेदवार पौडेलसँग पोखरेल पराजित भएका हुन् ।

सिफारिस

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन भएको यस सांस्कृतिक तथा धार्मिक कार्यक्रम सामूहिक ईहि (बेल विवाह) समारोह  सम्पन्न भएको छ। ईहि नेवार...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

धेरै पढिएको