रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि अध्यक्षले दिए राजीनामा

रूपन्देही – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी २ बाट जिताउन नसकेपछि सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महतले पार्टीको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

महतले पराजयको नैतिक जिम्मेवारी लिँदै जिल्ला अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । केही समयअघि यहाँका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी एमालेमा प्रवेश गरेपछि महत अध्यक्ष भएका थिए ।

त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई उनैसँग हारेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बधाई दिएकी छन्।

अन्तिम मत परिणाम सार्वजनिक भएको दिन बुधबार झाँक्रीले सामाजिक सञ्जालमार्फत विष्टलाई बधाईका साथै सफल कार्यकालका लागि शुभकामना दिएकी हुन्। यति मात्र होइन, झाँक्रीले गुल्मीको विकास र समृद्धिको यात्रामा साथ दिने वचन पनि दिएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथमा रहनेछु।’

निर्वाचनमा हार–जित हुनु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै नेता झाँक्रीले आफ्नो पराजयलाई अत्यन्तै सहज रूपमा लिएको पनि बताएकी छन्।

बरु यो निर्वाचनले आफूलाई ठूलो शिक्षा दिएको उनले उल्लेख गरेकी छन्। ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, उनले लेखेकी छन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि, त्योचाहिँ लोकतन्त्रको लागि गम्भीर छ, डरलाग्दो छ।’

उनले आफू हारे पनि आफ्ना पक्षमा मत हाल्ने मतदाता तथा सहयोग गर्ने सहकर्मी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन पनि गरेकी छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको