चितवन पछिल्लो अपडेट: रवि लामिछानेले कति ल्याए मत ?

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना दुई जना प्रतिस्पर्धीले ल्याएकोभन्दा बढीले मत ल्याइरहेका छन्।निर्वाचन आयोगका अनुसार यहाँ लामिछानेको मत कांग्रेस र एमालेको सयुक्त मतभन्दा बढी छ।

अहिलेसम्म ५४ हजार ५ सय ४ मत गन्दा लामिछानेले २८ हजार ८ सय ९९ मत ल्याएका छन्। जबकि दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको ११ हजार १ सय ८३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको ११ हजार २१ मात्र छ। एमाले र कांग्रेसको मत जोड्दा २२ हजार २ सय ४ हुन्छ।

लामिछाने आफ्ना निकट प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठभन्दा १७ हजार ७ सय १६ मतले अगाडि छन्। आम निर्वाचनको परिणाममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित नतिजा ल्याइरहेको छ।नतिजाजस्तै प्रत्यक्षतर्फ अनपेक्षित रुपमा नै अग्रता पनि लिइरहेको छ। यो पार्टीले समानुपातिकतर्फ पनि राम्रो मत ल्याइरहेको छ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यमा ४ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडि छ। पछिल्लो गणनाअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १३.२ प्रतिशत मत ल्याएको छ। रास्वपालाई यही गतिमा भोट आइरहे समानुपातिकतर्फ तेस्रो दल बन्ने सम्भावना छ।

यो पार्टीले पनि कांग्रेस र एमालेकै हाराहारीमा समानुपातिकमा मत आउने दाबी गरेको छ। स्वतन्त्र पार्टीले १ सय १० जना समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

प्रत्यक्षमा सबै क्षेत्रमा उम्मेदवार उठाउँदा र समानुपातिकको सूची तयार पार्दा पनि उमेदवार तयार पार्न हम्मे परेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित नतिजा ल्याएको छ।

रास्वपाले ४० जना समानुपातिक प्रणालीबाट सांसद हुने दाबी गरेको छ। पार्टीले दाबी गरेजत्तिकै सांसद नचुनिएपनि यही गतिमा मत आइरहे कम्तिमा १५ देखि २० जना भने चुनिने निश्चित जस्तै छ। अप्रत्यासित भोट आएसँगै रवि लामिछानेको पार्टीबाट को–को समानुपातिकतर्फबाट सांसद बन्लान् भन्ने चासो बढेको छ।

समानुपातिक बन्दसूची अनुसार स्वतन्त्र पार्टीले खसआर्यबाट डोलप्रसाद अर्याल, गणेश कार्की, दीपक बोहोरालगायतको सूची बुझाएको छ । उनीहरू नै समानुपातिकबाट सांसद भन्ने सम्भावना हुन्छ।

आदिवासी जनजाति कोटाबाट डा. ढाका श्रेष्ठ, मेघबहादुर आले, विष्णुकुमार श्रेष्ठसहितको टोली छ। मतको आधारमा उनीहरूमध्ये नै सांसद बन्ने सम्भावना हुन्छ।

मधेसी कोटाबाट मनीष झा, तपेश्वोर यादव, सुरेशप्रसाद साहलगायतको नाम बन्दसूचीमा रहेको छ। खस आर्य महिलाको कोटाबाट प्रा.डा.चन्दा कार्की, निशा डाँगी, चन्द ऐर चाँदनी लगायतको नाम रहेको छ।

आदिवासी जनजाति महिलातर्फबाट इन्दिरा राना, सुमना श्रेष्ठ र विन्दवासिनी कंसाकार तथा मधेसी महिला कोटाबाट लक्ष्मी तिवारी, निशा मेहता, कामिनी कुमारीलगायत छन्। दलितको पुरुष कोटाबाट सन्तोष परियार, शिव नेपाली, खिमबहादुर वादी र दलित महिलाबाट कल्पना रोक्का, रूपा शंकर र सविना विश्वकर्मालगायतका छन्।

आदिवासी जनजाति पुरुषमा अशोककुमार चौधरी, प्रेमलाल चौधरी र हैरानु थारू आदिवासी जनजाति महिलाबाट सविना महतो, पुष्पा चौधरी, तृप्तिशिखा चौधरी सूचीमा रहेका छन् । त्यसैगरी, मुस्लिम पुरुष कोटाबाट आसिफ शाह, इस्नामुल्ला मियाँ, मुस्लिम महिलाबाट सामिना मियाँ, समिउन निशा र रजिजया खातुन सूचीमा रहेका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको