काभ्रे २ बाट कांग्रेसका हुमागाईंलाई पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा विजयी

काठमाडौं – काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।

काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको थियो। अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।

पाँच वर्ष अघि भएको निर्वाचनमा बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाएका थिए । अर्थात बाँस्कोटाले १७ हजार ८४८ मतान्तरले जितेका थिए । बास्कोटाले पाएको मत देशभरकै निर्वाचन क्षेत्रमा तेस्रो धेरै थियो । बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस नेता हुमागाईं पनि पूर्वसांसद हुन् ।

चार पटक कांग्रेसको जिल्ला सभापति र केन्द्रीय सदस्य बनेका हुमागाईं २०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका थिए ।

बाँस्कोटा पनि २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव भएका, त्यसपछि अध्यक्ष र २०५४ देखि पार्टीको जिल्ला सदस्य बनेका थिए । २०५९ देखि २०६३ सम्म एमालेको जिल्ला उपसचिव र २०६४ देखि २०६६ सम्म जिल्ला सचिव भएका थिए ।

२०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला अध्यक्ष बनेका बाँस्कोटा हाल पार्टीको पोलिट्ब्यूरो सदस्य छन । बाँस्कोटा २०७० को संविधान सभा सदस्य पदमा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित भएका थिए ।

खरो स्वभावका बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ठेकेदारका एजेन्टसँग ७० करोड रुपैयाँ रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । सोही कारणले उनले मन्त्री पदबाट राजीनामा पनि दिएका थिए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको