ओलीलाई गाली गर्दै एमाले छाडेका घनश्याम भुसालले नराम्रोसंग हारे, छविलाल विजयी

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल पराजित भएका छन्।

रूपन्देहीको क्षेत्र नम्बर १ बाट भुसाल एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका हुन्। विश्वकर्माले २४ हजार ८ सय ७२ मत प्राप्त गर्दा भुसालले २१ हजार ३ सय ८ मत प्राप्त गरेका छन्।

भुसाललाई सत्ता गठबन्धनले आधिकारिक उम्मेदवार बनाएको थियो भने एमालेका विश्वकर्मालाई राप्रपा र जसपाको साथ थियो।

तत्कालीन नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे भुसालले बारम्बार प्रश्न गर्थे। उनले स्थानीय तह निर्वाचनमा एमालेले बेहोरेको क्षति, प्रतिनिधिसभा विघटन र त्यसपछि तीनवटै तहमा भएको क्षतिबारे पार्टीभित्र समीक्षा माग गरेका थिए।

एमाले महाधिवेशनमा ओलीले गरेको केन्द्रीय कमिटी अस्वीकार गर्दै उनले निर्वाचनको अडान लिएका थिए।

भुसालको यही शैलीका कारण उनी एमाले अध्यक्ष ओलीको निशानामा परे र टिकट पाएनन्। पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र ढंगले निर्वाचनमा होमिए।

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको सिट भुसाललाई छाडेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नमा निर्वाचन लड्न आग्रह गरे पनि भुसाल स्वतन्त्र रूपमा उठेका थिए।

२०५३ सालमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएर भुसालले संसदीय राजनीति अघि बढाएका थिए। उनी अघिल्लोपटक रूपन्देहीको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उक्त क्षेत्र छाडेर यो निर्वाचनमा भुसाल क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा ओर्लिएका थिए।

भुसालले २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा प्रधानमन्त्री कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्रालय चलाएका थिए। त्यसपछि २०७६ मंसिरमा उनी केपी ओली सरकारमा कृषिमन्त्री भए।

उनी कृषिमन्त्री हुँदा मल अभाव भएको भन्दै रूपन्देहीका मतदाता असन्तुष्ट थिए। एमालेका कार्यकर्ता पनि उनले पार्टी छाडेकोमा असन्तुष्ट थिए।

सिफारिस

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा...

भर्खरै

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

धेरै पढिएको