ओलीलाई गाली गर्दै एमाले छाडेका घनश्याम भुसालले नराम्रोसंग हारे, छविलाल विजयी

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल पराजित भएका छन्।

रूपन्देहीको क्षेत्र नम्बर १ बाट भुसाल एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका हुन्। विश्वकर्माले २४ हजार ८ सय ७२ मत प्राप्त गर्दा भुसालले २१ हजार ३ सय ८ मत प्राप्त गरेका छन्।

भुसाललाई सत्ता गठबन्धनले आधिकारिक उम्मेदवार बनाएको थियो भने एमालेका विश्वकर्मालाई राप्रपा र जसपाको साथ थियो।

तत्कालीन नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे भुसालले बारम्बार प्रश्न गर्थे। उनले स्थानीय तह निर्वाचनमा एमालेले बेहोरेको क्षति, प्रतिनिधिसभा विघटन र त्यसपछि तीनवटै तहमा भएको क्षतिबारे पार्टीभित्र समीक्षा माग गरेका थिए।

एमाले महाधिवेशनमा ओलीले गरेको केन्द्रीय कमिटी अस्वीकार गर्दै उनले निर्वाचनको अडान लिएका थिए।

भुसालको यही शैलीका कारण उनी एमाले अध्यक्ष ओलीको निशानामा परे र टिकट पाएनन्। पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र ढंगले निर्वाचनमा होमिए।

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको सिट भुसाललाई छाडेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नमा निर्वाचन लड्न आग्रह गरे पनि भुसाल स्वतन्त्र रूपमा उठेका थिए।

२०५३ सालमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएर भुसालले संसदीय राजनीति अघि बढाएका थिए। उनी अघिल्लोपटक रूपन्देहीको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उक्त क्षेत्र छाडेर यो निर्वाचनमा भुसाल क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा ओर्लिएका थिए।

भुसालले २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा प्रधानमन्त्री कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्रालय चलाएका थिए। त्यसपछि २०७६ मंसिरमा उनी केपी ओली सरकारमा कृषिमन्त्री भए।

उनी कृषिमन्त्री हुँदा मल अभाव भएको भन्दै रूपन्देहीका मतदाता असन्तुष्ट थिए। एमालेका कार्यकर्ता पनि उनले पार्टी छाडेकोमा असन्तुष्ट थिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको