समानुपातिक मतगणना अपडेट: एमालेले २० लाख पुर्याउन लाग्दा, कुन दलको कति ?

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ । शनिबार दिउँसो १ः४५ बजेसम्मको मतपरिणामानुसार माओवादी केन्द्र आठ लाख १४ हजार ७७८ मतसहित तेस्रो स्थानमा उक्लिएको हो ।

नेकपा (एमाले) पहिलो स्थानमा कायमै छ । एमालेले १९ लाख १५ हजार ११० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ४४ हजार ९११ मत पाएको छ । एमाले र कांग्रेसको समानुपातिक मतान्तर ७० हजार १९९ छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९४ हजार ८७० मत प्राप्त गरेको छ । स्वतन्त्र पार्टी यसअघि तेस्रो स्थानमा थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार लाख नौ हजार ८१९, जनता समाजवादी पार्टी (जसपा)ले दुई लाख ३० हजार १२ मत ल्याएका छन् ।

प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख पाँच हजार चारसय आठ मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ७० हजार नौ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार छ सय चार, माओवादी केन्द्रले ८६ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् ।

कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको