छोरीहरुसहित पूर्वसभामुख सापकोटा लिएर किन सुकुटे पुगे प्रचण्ड ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दालहाल प्रचण्ड पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई लिएर करिब ३ वर्षपछि बुधबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। सापकोटा सभामुख बन्नुअघि प्रचण्डसँगै सुकुटे पुग्ने गरेका थिए। पनि तीन वर्षसम्म दुवैजना सुकुटे आएका थिएनन्।

प्रचण्डले २०७६ फागुन तेस्रो साता भएको सुकेटे महोत्सव उद्घाटन प्रचण्ड त्यहाँ पुगेका थिए। त्यसबेला महोत्सवको समापन सभामुख सापकोटाले गरेका थिए। त्यसयता प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे पुगेका थिए।

पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे पुग्ने गर्छन्।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीका निकट विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे पुगेका हुन्।

सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्जसमेत रहेका हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन्।

सुकुटेमा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटालाई प्रतिनिधि सभा सदस्य सुवोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेल र केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे।

सुकुटे पुगेलगत्तै अध्यक्ष प्रचण्डले परिवारका सदस्यसहित र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड र सभामुख सापकोटा बुधबार सुकुटेस्थित सुकुटे बिचमा बास बस्नेछन्।

प्रचण्डले तनाव भएकाले पर्यटकीय केन्द्र सुकुटेमा आराम गर्न जाने गरेका छन्। अरनिको लोकमार्गमा पर्ने सुकुटे क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ।

ठूला सानासहित तीन दर्जन होटल र रिसोर्टले सुकुटेमा पर्यटकलाई सेवा दिँदै आएका छन्। काठमाडौंबाट करिब २ घण्टामा पुगिने सुकुटे बिचको मज्जा लिन र जलयात्राका लागि निकै आन्तरिक पर्यटक पुग्छन्। सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि सस्तो रहेको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको