स्याङ्जा अपडेट: कांग्रेसका धनराज गुरुङ ह्वात्तै बढाए अग्रता, कसले कति ल्याए ?

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ४७८ मतको अग्रता बनाएका हुन् ।

धनराजले ५ हजार ९८७ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले ४ हजार ५०३ मत पाएकी छन् । निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको हो ।

बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो । निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न शुरू भएको हो ।

स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।

उता, बाजुरामा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो ।

नेकपा एमालेले चेतन ऐडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको