स्याङ्जा अपडेट: कांग्रेसका धनराज गुरुङ ह्वात्तै बढाए अग्रता, कसले कति ल्याए ?

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ४७८ मतको अग्रता बनाएका हुन् ।

धनराजले ५ हजार ९८७ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले ४ हजार ५०३ मत पाएकी छन् । निर्वाचन सम्पन्न भएको डेढ सातापछि मात्र गणना शुरू भएको हो ।

बुथ कब्जा भएको भन्दै पुनः मतदानको माग राखेर एमालेले गणनामा अवरोध गर्दै आएको थियो । निर्वाचन आयोगले तत्काल गणना शुरू गर्न बुधवार निर्देशन दिएपछि बिहीवार बिहानदेखि मत गन्न शुरू भएको हो ।

स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।

उता, बाजुरामा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो ।

नेकपा एमालेले चेतन ऐडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको