काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् ।
महत शनिवार बिहान पौने १० बजेको समयमा खुमलटार पुगेका हुन् । उनले प्रचण्डलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित बनेकोमा बधाई दिए ।
सँगै उनीहरूबीच भावी सरकार गठनका विषयमा समेत सामान्य छलफल भएको प्रचण्ड सचिवालयका एक सदस्यले बताए । उनले भने, ‘दुई ठूला दलका नेताबीच भेटघाट हुँदा राजनीतिक सन्दर्भमा पनि छलफल हुने नै भयो । उहाँहरूबीच पनि वर्तमान राष्ट्रिय राजनीतिसँग भावी सरकार गठनको विषयमा सामान्य छलफल भयो ।’
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अबको सरकार कसरी चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । सोही क्रममा प्रवक्ता महत प्रचण्ड भेट्न पुगेका हुन् ।
