एमाले छाडेका घनश्याम भुसालले किन भेटे माधव नेपाललाई ?

प्रतिनिधिसभाको टिकट नपाएपछि नेकपा एमाले त्यागेका नेता घनश्याम भुसालले आइतवार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

नेकपा एमाले त्याग्दै रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजित नेता भुसाल अध्यक्ष नेपाललाई बधाई दिन आइतवार कोटेश्वर पुगेका हुन्।

कांग्रेस र माओवादीको साथ मिल्दा पनि भुसाल रुपन्देही १ मा पराजित भएका थिए। संसदीय निर्वाचनमा पराजित भएपछिको गन्तव्यबारे प्रश्न उठिरहेका बेला भुसालले बधाई दिन भन्दै नेपाललाई भेटेका हुन्।

तत्कालीन एमालेमा तीव्र मतभेद हुँदा भुसाल पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चाका थिए। तर उनी नेपालले पार्टी फुटाएपछि त्यसमा असहमत हुँदै एमालेमै बसेका थिए।

तर मंसिर ४ को निर्वाचनमा रुपन्देही ३ मा भुसालको साटो एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरालाई सघाएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई टिकट नदिएपछि उनी पार्टी छाडेर रुपन्देही १ मा त्रिभुज चुनाव चिह्नसहित चुनावी मैदानमा थिए।

तर त्यहाँ उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरिदिएका थिए। उता रौतहट १ मा गठबन्धनको साथले अध्यक्ष नेपाल फराकिलो मतसहित विजयी भएका थिए।

सिफारिस

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा”...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

धेरै पढिएको