समानुपातिक मत अपडेट: एमालेले थप्यो एक सिट, अरु कुन दलको अवस्था के छ ?

प्रतिनिधिसभा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ नेकपा एमालेभन्दा १३ सिटले अगाडि नेपाली कांग्रेस समानुपातिकमा भने ऊभन्दा सवा लाखभन्दा बढी मतले पछि परेको छ।

एक करोड ४ लाख ७८ हजार ७ सय ३५ सदर मत गनिसक्दा एमालेले सबैभन्दा धेरै २८ लाख १४ हजार ६ सय ५५ समानुपातिक मत ल्याएको छ। कांग्रेसभन्दा एमाले १ लाख २६ हजार ४ सय ३७ मतले अगाडि छ। समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको कांग्रेसले भने अहिलेसम्म २६ लाख ८८ हजार २ सय १८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

यस्तै मत गणनाको सुरुवातमा कतिपल्ट नेकपा माओवादी भन्दा अगाडि भएको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तिम चरणमा ऊभन्दा पछाडि परेको छ।

यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ। अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा माओवादी केन्द्र ३९ हजार ३ सय २४ मतले अघि छ।

यसैगरी समानुपातिक मतका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि आपसमा नजिक छन्। यो खबर लेख्दासम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाएको छ। अर्थात् यी दुई दलबीच १ लाख ६५ हजार ८ सय ६२ छ।

गणना अनुसार एमालेले सबैभन्दा बढी ३४ सिट पाउनेछ। कांग्रेसले एमालेभन्दा दुई सिट कम ३२ सिट पाउनेछ। माओवादी र पहिलो पटक चुनाव लड्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले ११ लाख भोट ल्याएका छन्। रास्वपा भन्दा माओवादीले ३८ हजार चानचुन बढी भोट ल्याएको छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा माओवादीले १४ र रास्वपाले १३ सिट पाउने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछ।

तराई मधेश केन्द्रित दुई पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच २६ हजार चानचुन मत अन्तर छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा दुवै पार्टीले समान ५-५ सिट पाउने देखिएको छ।

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ। आयोगका सहायक प्रवक्ताका अनुसार थ्रेसहोल्ड भेट्न ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। एकिन हिसाब भने सबै मत गनिसकेपछि निस्किन्छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको