माधव नेपालले किन गरे राष्ट्रपति पद अस्विकार ?

काठमाडौं -सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद अस्विकार गरेका छन् । सत्ता गठबन्धनका ठूला घटक नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबाट नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव आएको खुलेको छ ।

तर, नेपालले भने आफू अझै सक्रिय राजनीतिमा रहने भन्दै शेरबहादुर देउवा र प्रचण्डबाट आएको राष्ट्रपति बन्ने अफर अस्विकार गरेका छन् । देउवा र दाहालबाट प्रस्ताव आउनु सकारात्मक भएको भन्दै उनले दुवै नेतालाई धन्यवाद दिएका छन् ।

उनले आफूनिकट नेताहरुसँग भन्ने गरेका छन–‘उहाँहरुबाट मलाई राष्ट्रपति बन्ने अफर आएको छ, मैले उहाँहरुलाई त्यो प्रस्तावको लागि धन्यवाद भनेको छु । अहिले मेरो ध्यान पार्टी निर्माणमा नै छ ।’

उनले अझै केही वर्ष आफू सक्रिय राजनीतिमा नै लाग्ने बताउने गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि उनले यही दोहोर्याएका छन् ।

उनले भने,‘अब म पार्टी बलियो बनाउँछु । वामपन्थीहरुबीच सहकार्य हुन्छ । अहिले एमालेबाहेक प्रचण्डजी र उपेन्द्र यादवजीसँग सहकार्य र एकतासम्मको पहल गर्छु ।’

नेपालले संसद्को आगामी वर्षको कार्यकालभित्रै आफू पनि प्रधानमन्त्री हुनेगरि गठबन्धनमा छलफल भएको र त्यसमै सहमति हुने संकेतपनि गर्ने गरेका छन् ।

अहिले गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्ने विषय टुँगो लाग्न बाँकी छ । अन्य महत्वपूर्ण पदहरुमा पनि बाँडफाँड हुने बताईएको छ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको