माधव नेपालले किन गरे राष्ट्रपति पद अस्विकार ?

काठमाडौं -सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद अस्विकार गरेका छन् । सत्ता गठबन्धनका ठूला घटक नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबाट नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव आएको खुलेको छ ।

तर, नेपालले भने आफू अझै सक्रिय राजनीतिमा रहने भन्दै शेरबहादुर देउवा र प्रचण्डबाट आएको राष्ट्रपति बन्ने अफर अस्विकार गरेका छन् । देउवा र दाहालबाट प्रस्ताव आउनु सकारात्मक भएको भन्दै उनले दुवै नेतालाई धन्यवाद दिएका छन् ।

उनले आफूनिकट नेताहरुसँग भन्ने गरेका छन–‘उहाँहरुबाट मलाई राष्ट्रपति बन्ने अफर आएको छ, मैले उहाँहरुलाई त्यो प्रस्तावको लागि धन्यवाद भनेको छु । अहिले मेरो ध्यान पार्टी निर्माणमा नै छ ।’

उनले अझै केही वर्ष आफू सक्रिय राजनीतिमा नै लाग्ने बताउने गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि उनले यही दोहोर्याएका छन् ।

उनले भने,‘अब म पार्टी बलियो बनाउँछु । वामपन्थीहरुबीच सहकार्य हुन्छ । अहिले एमालेबाहेक प्रचण्डजी र उपेन्द्र यादवजीसँग सहकार्य र एकतासम्मको पहल गर्छु ।’

नेपालले संसद्को आगामी वर्षको कार्यकालभित्रै आफू पनि प्रधानमन्त्री हुनेगरि गठबन्धनमा छलफल भएको र त्यसमै सहमति हुने संकेतपनि गर्ने गरेका छन् ।

अहिले गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्ने विषय टुँगो लाग्न बाँकी छ । अन्य महत्वपूर्ण पदहरुमा पनि बाँडफाँड हुने बताईएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको