समानुपातिक सांसद: कुन दलबाट को-को समेटिए ? (सूचीसहित)

राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएका हुन् ।

संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ भने २९ जना महिला छानिएका छन् ।

नेपाली कांग्रसले बुझाएका समानुपातिक तर्फका सांसदहरुको सूची यसप्रकार रहेको छ :
खसआर्य पुरुष तर्फ :
डा.प्रकाशशरण महत
मधेसी पुरुष :
विमलेन्द्र निधि
दलित पुरुष : जीवन परियार

खस–आर्य महिलातर्फ :
अम्बिका बस्नेत,
सरिता प्रसाई,
आरजु राणा देउवा,
ईश्वरी न्यौपाने,
प्रतिमा गौतम,
मञ्जु खाँण,
रमा कोइराला,
कान्तिका सेजुवाल
मैना रावल कार्की
आदिवासी जनजाति महिलातर्फ :
सरस्वती बजिमय,
लीलादेवी बाखिम (लिम्बू),
सीताकुमारी राना,
सुशीला थिङ,
सपना राजभण्डारी,
माया राई,
कुसुम थापा मगर,
मनोरमा शेरचन,
अञ्जनी श्रेष्ठ,
रेनुका काउचा
मधेसी महिलातर्फ :
नगिना यादव,
मुक्ताकुमारी यादव,
चन्दा चौधरी
संगीता मण्डल
दलिततर्फ
महासनाई नेपाली,
शान्ति विक,
रूपा विक
सीता मिजार
मुस्लिमतर्फ
जावेदा खातुन
थारुतर्फ
कल्पना चौधरी
बिनाकुमारी थनेत

एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद छान्यो

नेकपा एमालेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :
आदिवासी–जनजाति कोटातर्फ १४ जना :
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना :
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

महिला कोटातर्फ ८ जना :
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना :
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलित कोटातर्फ ५ जना :
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशी कोटामा ५ जना :
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम कोटातर्फ १ जना :
सराज अहमद फारुकी

माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ?
माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।
आदिवासी महिलातर्फ :
१ दुर्गा राई
२ मिना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुष तर्फ :
५ हितराज पाण्डे
खस आर्य महिला तर्फ :
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा
थारु महिला तर्फ :
९ रुपा सोसी चौधरी
दलित पुरुष तर्फ :
१० रणेन्द्र वराली
दलित महिला तर्फ :
११ सुशिला श्रीपाली ठकुरी
मधेशी महिला तर्फ :
१२ मिना यादव
१३ उमरावती देवी यादव
मुस्लिम महिला तर्फ :
१४ कल्पना मियाँ

​रास्वपाबाट कोको?
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा समानुपातिकको सूची बुझाएको छ । समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :
आदिवासी–जनजाति कोटाबाट :
–डा.ढाकाकुमार श्रेष्ठ
–इन्दिरा रानामगर
–सुमना श्रेष्ठ
खस–आर्य कोटाबाट :
–डा.चन्दा कार्की
–डोलप्रसाद अर्याल
–निशा डाँगी
–विनीता कठायत
दलित कोटाबाट :
–सन्तोष परियार
–शिव नेपाली
मधेसी कोटाबाट :
–लक्ष्मी तिवारी
–मनिष झा
थारु कोटाबाट
–अशोककुमार चौधरी
मुस्लिम कोटाबाट :
–असिम शाह लाई सिफारिस गरिएको छ ।

​जसपाबाट को-को ?
जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।

राप्रपाबाट लोहनी आउट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ ।

यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ । पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७ जनाको सूची बुझाएको हो ।

स्रोतका अनुसार अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले विवाद चर्किएमा यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत छ ।
विशेषगरी राप्रपामा पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये हो समानुपातिक सांसद बन्ने भन्नेमा तीव्र विवाद रहेको छ । सो विवादका कारण आजै बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई अन्तिम सूची तय गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।

सोही अनुसार लिङ्देनले नेताहरुसँग परामर्श गरेर नाम आयोगमा पठाएका हुन् । सूचीअनुसार बन्दसूची तयार गर्दादेखि नै आफ्नो नाम एक नम्बरमा हुनुपर्ने दाबी गर्दै आएका प्रकाशचन्द्र लोहनी संसद बन्न असफल भएका छन् ।

जनमतबाट को-को ?
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । जनमतले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाएको छ ।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको