प्रदेशसभा सदस्यमा एमालेले छान्यो ७० समानुपातिक सांसद, कुन प्रदेशबाट को?

नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। ललितपुरस्थित पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका जानकारी दिए।

उनका अनुसार बैठकले प्रदेशसभाका लागि ७० समानुपातिक सांसदको नामवली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। प्रदेश नंं १ मा १५, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णालीमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात प्रदेशसभा सदस्यमा एमाले पाएको मतका आधारमा पार्टीले प्राप्त गरेको छ।

उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य र गीतादेवी रेग्मी रहने छन्। आदिवासी जनजाति महिलातर्फ सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, मालतीकुमारी लिम्बु सिर्जना राई, र लहुरमय जिमी याक्खा दलिततर्फ कमला दर्नाल, मधेसीतर्फ गीतारानी महतो र मुस्लिमतर्फ नुरसदी वेगम, तथा आदिवासी जनजाति पुरुषतर्फ नम्मरलाल धिमाल र थारुमा ललिताकुमारी चौधरी रहेका छन्।

पार्टीले सात महिला र एक पुरुषलाई मधेश प्रदेशमा पठाउने निर्णय गरेको छ। यस प्रदेशमा आदिवासी जनजातितर्फ मञ्जुकुमारी थापा, दलितमा पलटीदेवी महरा, मधेशीतर्फ पलटीदेवी यादव, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव र पुरुषतर्फ जयचन्द्रप्रसाद पटेल र मुस्लिमतर्फ नाजिमा खातुनलाई पठाउने निर्णय गरेको हो।

बागमती प्रदेशबाट एमालेले प्राप्त गरेको मतका आधारमा १४ प्रदेशसभा सदस्यको नाम आयोगमा पठाएको छ । एमालेले नौ पुरुष र पाँच महिलालाई प्रदेशसभामा निर्वाचित गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार महिलातर्फ भारतीकुमारी पाठक, अप्सरा चापागाईं, मायाकुमारी कार्की तथा पुरुषतर्फ डा दिनेशचन्द्र देवकोटा र हरिप्रसाद सापकोटाको नाम आयोगमा पठाएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी र उर्मिला सुनार तथा पुरुषतर्फ आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ र ठूला थामी तथा दलितबाट बालकुमारी विश्वकर्मा रहेका छन्।

एमालेले गण्डकी प्रदेशबाट १० जनालाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ । खसआर्यतर्फ यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, आदिवासी जनजातितर्फ विनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा तथा दलिततर्फ नन्दकला दमाइ र गोविन्दबहादुर नेपाली रहनुभएको पार्टी प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए।

उनका अनुसार लुम्बिनी प्रदेशबाट जानकी न्यौपाने, बसन्ती न्यौपाने र गिरिधारीलाल न्यौपाने र आदिवासी जनजातिबाट सरिता पुन र यमुना रोका रहेका छन्। थारुतर्फबाट सीता चौधरी र भगवतीकुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, मधेसीतर्फ शान्ति लोहर र मुस्लिमबाट सायरा वानुको नाम सिफारिस गरिएको छ।

त्यसैगरी कर्णाली प्रदेशमा दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, दलिततर्फ गन्त विक र आदिवासी जनजातितर्फ नन्दा गुरुङलाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशका लागि सन्तोषीकुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, दलितबाट हिरा सार्की र थारुतर्फबाट कोइलीदेवी चौधरीलाई प्रदेशसभा सदस्यमा पठाएको छ ।

निर्वाचन आयोगले बनाएको मापदण्डअनुसार नै प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि आयोगलाई सिफारिस गरेको प्रमुख गुरुङले बताए। बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको उनले बताए। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गरेका थिए।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको