भूकम्प पीडितलाई मेयर बालेनको ठूलो सहयोग

काठमाडौं महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई १० लाख सहयोग प्रदान गरेको छ। महानगरले विपद व्यवस्‍थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो।

कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरू महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट्न गएका थिए। यसरी पीडितहरू भेट्न आएपछि महानगरले आर्थिक सहयोग गरेको हो।

‘महानगरको विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौं। यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सीमाहरू छन्,’ उनले भनेका छन्।

यसरी सहयोग गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। डोटीमा कात्तिक २३ गते गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घर-टहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ।

परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको कुरा पीडितले शाहलाई भनेका थिए। ‘चितुवाको डर छदैछ, त्यसमाथि पुस महिनाको जाडो बढेको छ। हिउँ पर्न सुरू भए थप समस्या आउने देखिन्छ,’ पिडितहरूले शाहसँग भनेका थिए।

राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद, सरकारी तथा गैरसरकारी स‌ंस्था लगायतले पनि पीडितहरूलाई सहयोग गर्न शाहले अनुरोध गरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोली आउने भनेपनि भूकम्प गएको लामो समय बित्दा पनि नआएको पीडितको गुनासो छ। प्राधिकरणको टोली छिटो आउने भन्दै पटकपटक ढाँटेको पीडितहरूले आरोप लगाएका छन्। उनीहरूले घर पुनर्निर्माण छिटो गर्नुपर्ने माग राखेका छन्।

९ सय ६३ जना भूकम्प पीडित चिसो शित-लहरमा त्रिपालमा कठ्यांग्रिएर बस्न बाध्य छन्। आंशिक तथा पूर्णरूपमा घर क्षति भएकाहरू नेपाल रेडक्रस, गाउँपालिका तथा विभिन्न संघ-संस्थाको सहयोगमा पाएका त्रिपालमुनि बसिरहेका छन्।

पूर्वीचौकी गाउँपालिका रोजगार शाखाका प्रमुख हरिभक्त साउँदका अनुसार केन्द्रबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको टोली आएपछि भूकम्प प्रभावितहरूको दीर्घकालीन व्यवस्थाबारे काम हुनेछ।

उनले गाउँपालिकाबाट भूकम्प प्रभावितहरूको सम्पूर्ण विवरण संकलन गरेर तयार अवस्थामा राखेको तर केन्द्रबाट प्राधिकरणको टोली अहिलेसम्म नआएको बताए। उनले टोली आएपछि गाउँपालिकाबाट पनि हुने थप सहयोगका काम अगाडि बढ्ने बताए।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको