क्रोएसिया विश्वकपमा तेस्रो, कति पायो पुरस्कार ?

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा क्रोएसिया तेस्रो भएको छ । गएराति खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को ग्भार्डिओल र मिस्ला ओरसिकले एक/एक गोल गरे । मोरक्कोका लागि अर्चरफ डारीले एक गोल फर्काए ।

खेलमा सातौं मिनेटमा क्रोएसियाले अग्रता लिएको थियो । उसका लागि जोस्को ग्भार्डिओलले गोल गरे । दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो । अर्चरफ डारीले क्रोएसियाका लागि नवौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो । मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले रोक्न सकेनन् ।

तेस्रो स्थानको उपाधिसहित क्रोएसियाले २७ मिलियन डलर अर्थात् करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात् करिब ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाएको छ ।

क्रोएसिया गत संस्करणको उपविजेता टोली हो । मोरक्कोले भने यसपालि पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको थियो ।

गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो।

उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो। तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको