वाम गठबन्धन बनाउन एमाले र माओवादीको दौडधुप, होलान् त एक ?

सत्ता गठबन्धनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरू अनौपचारिक संवादमा जुटेका छन्।

निर्वाचनको परिणाम आएसँगै एमाले अध्यक्ष केपी ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर बधाई आदान-प्रदान गरेका थिए। त्यसपछि एमाले र माओवादी नेताहरूको कुनै न कुनै तरिकाले भेटघाट भइरहेको छ।

दुई पार्टीको संवादमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ उपमहासचिव पृथ्वीसुव्बा गुरूङलगायत सक्रिय छन्। त्यस्तै माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरूङ सक्रिय छन्।

केही दिनअघि एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत प्रचण्ड निवास खुमलटार पुगेका थिए। एमालेका सचिव रघुवीर महासेठ पनि बधाई आदान-प्रदान गर्ने भनेर खुमलटार पुगेका थिए।

एमाले उपाध्यक्ष बिष्णु पौडेलले प्रचण्डलाई भेटेर वाम गठबन्धनको लागि प्रयास पहल गर्नुपर्ने बताएका छन्। पौडेलले प्रचण्डलाई निवास बाहिर भेटेको स्रोतको दाबी छ।

वाम गठबन्धनको सम्भावनाबारे छलफल गर्न प्रचण्डले पार्टी उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरूङलाई बालकोट पठाइसकेका छन्।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धन बनाउन तयार छन् तर त्यसका लागि अहिलेको गठबन्धन तोड्नु पर्ने सर्त राखेका छन्। अहिलेकै गठबन्धन कायम रहेमा पाँच वर्षसम्म सत्ता बाहिर रहनुपर्ने बुझाइ ओलीको छ। त्यसैले ओली सत्ता गठबन्धन भत्काउन चाहन्छन्। प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख र सात प्रदेशका सरकारको बाँडफाँट हुने भएकाले ओली थप सक्रिय बनेका छन्।

स्रोतका अनुसार प्रचण्ड भने अहिलेकै गठबन्धनमा बस्न चाहन्छन् तर उनी सुरूमा प्रधानमन्त्री हुन चाहन्छन्। प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कार्यकाल बाँड्ने विषयमा सहमति भए पनि पहिलो कार्यकालमा को हुने भन्नेमा विवाद छ।

एमाले-माओवादी गठबन्धन भएमा उनीहरूसँग १ सय १० सांसद छन्। राप्रपासँग १४ जना सांसद छन् भने जसपासँग १२ र नेकपा एकीकृतसँग १० सांसद छन्। यो गठबन्धनसँग १ सय ४६ सांसद पुग्ने अनुमान छ। २० सांसद भएको रास्वपाका अध्यक्ष रवि लामिछानेले समेत ओली र प्रचण्डलाई भेटिसकेका छन्।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको