कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन कति लाग्छ शुल्क ?

नेपाली कांग्रेसले संसदीय दलको नेताको उम्मेदवारी शूल्क ५१ हजार तोकेको छ। आगामी ६ गते संसदीय दलको नेता छान्न चुनाव गर्ने कार्यतालिका छ।

निर्वाचन समितिले सोमबार निकालेको निर्वाचन कार्यातालिकामा दलको नेतामा उम्मेदवारी दिन चाहने शूल्क ५१ हजार तिर्नुपर्ने जनाएको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा र गगन थापा, शेखर कोइराला दलको नेता बन्ने दौडमा छन्। ४ मंसिरको प्रतिनिधि सभाको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।

कांग्रेसको दलको नेतामा देउवा बलिया दाबेदार हुन्। यद्यपि सर्वसम्मतको पहलमा नेताहरु लागेका छन्। बुधबार बिहान चुनाव गर्नेगरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यसअघि बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार कांग्रेसले दलको नेता छान्न निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको हो।

संसद सचिवालयले कांग्रेस दलको नेता चयनसम्बन्धी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकाे छ। कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा बलिया दाबेदार हुन्। संस्थापन इतरबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाहरुले पनि दलको नेताका लागि दबाब बढाइरहेका छन्।

कांग्रेसमा दलको नेताका लागि सर्वसम्मत सम्भावना सकिएपछि चुनावको तयारी गरिएको हो। कांग्रेसले संसदीय दलको निर्वाचन तयारीका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार राखेको थियो।

उक्त बैठकले दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचनमण्डल बनाइसकेको छ। प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई दिइसकेका छन्।

त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बसिसकेको छ। नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेताबारे सहमति नहुँदा निर्वाचनबाटै चयन गरिने भएको हो।

कांग्रेसको इतर समूहमा सहमति नहुँदा देउवा नै दलको नेता हुने करिब पक्का जस्तै छ। महामन्त्री थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर काठमाडौं ४ बाट चुनाव जितिसकेका छन्। उता मोरङ ६ बाट विजयी शेखरले पनि संसदीय दलमा जाने योजना बनाएका छन्। तर दुवैजना इतर समूहका हुन्।

एकै गुटका यी दुईजनाबीच सहमति नभइरहेको अवस्थामा दलको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको