काठमाडौं – प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् ।
त्यस्तै सन्तोष सिंह् राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।
उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका एसपी सन्तोषसिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी दिइएको छ।
कसको कहाँ सरुवा?

