कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु, कसले मार्ला बाजी ?

नेपाली कांग्रेसले आज निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने भएको छ। आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्न समय दिइएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।

संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन्। संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी दिएका छन्।

कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरू नै मतदाता हुन्। महामन्त्री थापाका पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत समर्थक छन्। उनीहरूले पार्टीभित्र रूपान्तरण र परिवर्तन जरूरी रहेको बताएका छन्।

सभापति देउवा पक्षले भने गठबन्धन गरेर चुनाव गरिएको र अब पनि गठबन्धनकै सरकार बन्ने भएकोले दल नेतामा देउवा हुनुपर्ने बताइरहेका छन्।

बालुवाटार स्रोत प्रधानमन्त्री देउवा नै संसदीय दलको अंकगणितमा बलियो भएको दाबी गरिरहँदा गगन स्रोतको पनि उही छ भनाई। संसदीय समीकरण हेर्दा देउवा बलियो छन्। यद्यपि महामन्त्री शर्मा र प्रदीपको ‘इन्ट्री’ले गगन थप बलियो भएका छन्। गगन स्रोतको दाबी छ, ‘४१ मत हाम्रो पक्षमा निश्चित भइसक्यो।’ केही मत तितरवितर नबने गगनले चमात्कारिक नतिजा निकाल्ने स्रोतको दाबी छ।

तर देउवा पक्ष भने चार शीर्ष नेताको सहयोग पाएर ढुक्क देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाको साथले देउवा संसदीय दलको नेतामा चुनिने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे।

‘सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कन्फम हो, संसदीय दलको अङ्क गणितमा ६७ सांसदको समर्थन पक्का भइसकेको छ,’ प्रेस प्रमुख परियारले भने।

दुई नेताको दाबी आआफ्नै भए पनि फैसला भने कांग्रेसका ८९ सांसदले नै गर्नेछन्। १० बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम एक घण्टामै आइसक्ने निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको