ओलीले गरे प्रचण्डलाई यस्तो प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मिलेर जान प्रस्ताव आएको बताएका छन्।

बिहीबार पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा ओलीबाट सरकारमा सहकार्यबारे आएको प्रस्तावबारे प्रचण्डले ब्रिफिङ गरेका हुन्।

तर उक्त प्रस्ताव स्वीकार गर्नेबारे केही नसोचेको प्रचण्डले जवाफ दिएको पदाधिकारीलाई जानकारी दिएका थिए।

‘हिजोमात्र ओलीजीसँग शीतल निवासमा ज्येष्ठ संसदलाई शपथ दिने कार्यक्रममा भेट भएको थियो, तपाईंहरुले तस्बिर पनि हेर्नुभयो नि!,’ पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने,’ उहाँको अलिक बढी जोड यता मिलाउनुपर्छ, मिलेर जाने प्रस्ताव राख्नु भएको थियो। तर मैले हामीले अहिले तत्काल त्यतातिर सोचेका छैनौँ भने।’

फेरि ओलीले तपाईं हामी मिलेर जाँदा उपयुक्त हुन्छ भनेको प्रचण्डले ब्रिफिङमा भने।

‘तपाईं हामी मिल्दा नै उपयुक्त हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने, ‘कुरा ठिकै हो, तर हाम्रो यसबारे पार्टीभित्र छलफल भएको छैन, यतातिर सोचिएको पनि छैन।’

माओवादी पदाधिकारी बैठकले अहिलेलाई गठबन्धनभित्रबाटै सरकार बन्ने निष्कर्ष पनि निकालेको छ। ‘सरकार गठबन्धनभित्रबाट हुन्छ’, प्रचण्डले बैठकमा भने, ‘आपसी छलफल गर्दै सहमतिमा पुगिन्छ।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको