आज यी स्थानमा वर्षा र हिमपात हुने, काठमाडौँको तापक्रम कति ?

आज (शनिबार) देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो। यसैगरी देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यले आज दिउँसो काठमाडौँ उपत्यकाका पनि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्।

बुलेटिनअनुसार आज राति भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको मौमसविद् शाक्यले जानकारी दिइन्।

सिफारिस

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा”...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

धेरै पढिएको