प्रचण्ड, देव गुरुङ र राप्रपा अध्यक्ष लिङ्देन ओली भेट्न बालकोटमा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरूङ र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेका छन्।

बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएपछि माओवादी अध्यक्षप्रचण्ड बालुवाटारबाट  निस्केर सिधैं बालकोट लागेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।

लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

 बालुवाटार वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेका हुन् ।

बैठकमा सहभागी ती नेताले भने, ‘प्रधानमन्त्रीको अडानबाट प्रचण्ड पछि हटेनन् । कांग्रेस कार्य समिति बैठकको निर्णय भन्दै नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताए । प्रचण्डजीले अब गठबन्धन टुट्यो भनेर बालकोट जान्छु भन्दै हिड्नुभयो । अब फर्किने सम्भावना निकै कम छ ।’

आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन। छलफल निष्कर्षमा नपुगेपछि उनले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको एक नेताले बताए।

कांग्रेसले आफ्नो अपमान गरेको भन्दै प्रचण्डले चित्त दुखाएको नेताहरूले बताएका छन् । उनले माधव नेपालको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै कृतघ्न पात्र रहेछन् भन्दै माओवादी नेताहरूसँग ब्रिफिङ गरेका छन् ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको