रवि लामिछाने पनि बालकोटमा

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसिमा सकिनु केही समय अगाडि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेससँग कुरा नमिलेपछि माओवादी केन्द्र बैठक छोडेर बाहिरिएको थियो।

बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्ड सिधैं बालकोट पुगेका हुन्। यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए।

बालुवाटार वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेका हुन् ।

बैठकमा सहभागी ती नेताले भने, ‘प्रधानमन्त्रीको अडानबाट प्रचण्ड पछि हटेनन् । कांग्रेस कार्य समिति बैठकको निर्णय भन्दै नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताए । प्रचण्डजीले अब गठबन्धन टुट्यो भनेर बालकोट जान्छु भन्दै हिड्नुभयो । अब फर्किने सम्भावना निकै कम छ ।’

आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन। छलफल निष्कर्षमा नपुगेपछि उनले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको एक नेताले बताए।

कांग्रेसले आफ्नो अपमान गरेको भन्दै प्रचण्डले चित्त दुखाएको नेताहरूले बताएका छन् । उनले माधव नेपालको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै कृतघ्न पात्र रहेछन् भन्दै माओवादी नेताहरूसँग ब्रिफिङ गरेका छन् ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको