रवि लामिछानेले मागे उपप्रधानमन्त्रीसहित गृह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए।

‘उपप्रधानसहित गृहमा मेरो दाबी हो,’ लामिछानेले भने, ‘उपप्रधानमन्त्री कति जना बनाउने प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ।’ उनले नयाँ शक्तिहरूले सरकार बनाउने अवस्था नरहेकोले अरूलाई समर्थन गर्नुपरेको पनि बताए।

रास्वपाले पनि सरकारको नेतृत्व गर्ने प्रस्ताव यसअघि राखेको उनको भनाइ थियो। उनले आफूले पाएको जिम्मेवारी पूरा गर्ने पनि बताएका थिए।

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। शपथसँगै प्रधानमन्त्रीले सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरेको पनि लामिछानेले जानकारी दिए।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको