एमालेबाट राष्ट्रपति र सभामुखमा को–को छन् दाबेदार ?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेपछि राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख (पहिलो आधा कार्यकाल) एमालेको भागमा परेको छ । यससँगै एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा सुरु भएको हो ।

राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको नाम अन्य नेताको भन्दा बढी चर्चामा छ । संविधानसभा अध्यक्ष, दुईपटक सभामुखसहित तीनपटक संसद् र संविधानसभाको नेतृत्व लिएका नेम्वाङ अघिल्लोपटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए ।

पार्टी विधानको उमेरहदले पार्टी र सरकारमा कार्यकारी भूमिकाको सम्भावना कम रहेकाले यसपटक उनी स्वयंले पनि राष्ट्रपतिमा रुचि राखेको निकटस्थ स्रोतले जनाएको छ । संसदीय मामिला र कानुनका अनुभवी, संविधान निर्माणमा भूमिका खेलेका र जनजाति पृष्ठभूमिका नेता नेम्वाङले सार्वजनिक रूपमा भने मुख खोलेका छैनन् ।

नेम्वाङले ती दुई जिम्मेवारी एमालेले पाउने प्रारम्भिक समझदारी भए पनि पार्टीभित्र कुनै छलफलै नभएकाले बाहिर बोल्नु उपयुक्त नहुने बताए । ‘त्यसमा सहमति भइसकेको छ, तर हामी अहिले त्यतातिर प्रवेश नै नगरेकाले बोल्न उपयुक्त हुँदैन,’ नेम्वाङले भने । उनले व्यक्तिगत रूपमा कुनै पदविशेषमा आग्रह वा रुचि नराखेको दाबी गर्दै आएका छन् ।

त्यस्तै, संसदीय राजनीतिबाट लगभग अवकाशमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली र संसदीय राजनीतिबाट अवकाशकै घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि राष्ट्रपतिको दाबेदारका रूपमा हेरिएको छ । ज्ञवाली उपाध्यक्षमध्ये सिनियर छन् । एकपटक मन्त्री बनेका उनले पार्टीभित्र अन्तर्संघर्षमा मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन् । तर, ज्ञवाली स्वयंले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

उता, छोटो समय बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्य भूमिगत कालदेखि नै कठोर संघर्ष गरेकी सिनियर नेतृभित्र पर्छिन् । नेतृत्वमा नयाँलाई अवसर दिनुपर्ने मान्यता सार्वजनिक गरेर संसदीय राजनीतिबाट अवकाश लिएकी शाक्यलाई राष्ट्रपति बनाएर फेरि पनि एमालेले महिला आन्दोलनलाई सम्मान गरेको सन्देश जाने मत पनि पार्टीभित्र उठ्न थालेको छ ।

त्यस्तै, सभामुखमा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको नाम चर्चामा आएको छ । गण्डकी प्रदेशको नेतृत्व गर्दै सफल मुख्यमन्त्रीको छवि बनाएका गुरुङ एमालेभित्र स्पष्ट विचार र दृष्टिकोण प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन् । एमाले नेतृत्वमा गठबन्धन बन्नुपर्ने पक्षमा सक्रिय गुरुङलाई सभामुख नबनाएर सरकारमा मन्त्रीका रूपमा सहभागी गराउने सम्भावना पनि रहेको स्रोतले बताएको छ ।

उता, विश्वकर्मालाई एमालेभित्र लामो संघर्ष गरेका अनुभवी नेताका रूपमा लिने गरिन्छ । लुम्बिनी प्रदेशमा पार्टी संगठन मजबुत बनाएर लगातार निर्वाचन जित्दै आएका विश्वकर्मा दलित आन्दोलनको अगुवा नेताका रूपमा पनि चिनिन्छन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको