मिडिया र समाज विषयक अन्तर्क्रिया सम्पन्न

काठमाडौंको शंखरापुर नगरपालिकामा ‘मिडिया र समाज’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ । अन्नपूर्ण टाइम्स र क्रियटिभ जर्नलिस्ट समूहको अगुवाइमा विभिन्न मिडियामा काम गर्ने १ सय ५५ जना पत्रकारमाझ कार्यक्रम गरिएको हो ।

शनिबार बिहान कात्तिके डाँडामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार टंक पन्त, अरुणदेव जोशी, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीलगायतले समाजलाई सही दिशानिर्देश गर्न मिडिया र पत्रकारको भूमिकाबारे प्रकाश पारेका थिए ।

युटुयुबसहितका सोसल मिडियामा आउने विषयवस्तुले समाजलाई प्रभावित गर्ने भएकाले यस्ता विषयवस्तु सत्य, तथ्य र ज्ञानबद्र्धक हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

काठमाडौंस्थित विभिन्न मिडियामा आबद्ध १ सय ५५ जना सञ्चारकर्मी कार्यक्रममा सहभागी थिए । केही सञ्चारकर्मी काठमाडौं उपत्यकाबाहिरका पनि थिए ।

कार्यक्रमलाई सफल पार्न काठमाडौंको गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, चन्द्रागिरी नगरपालिकाले आर्थिक सहयोग गरेका थिए । यसैगरी नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारहरुको अन्तर्क्रिया कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए ।

कार्यक्रममा सहभागी र सहयोगी सबैलाई आयोजक संस्था अन्नपूर्ण टाइम्सका अध्यक्ष घनश्याम श्रेष्ठले धन्यवाद ज्ञापन गरे । साथै आगामी दिनमा पनि पत्रकारको क्षमता विकास र समाजले खोजिरहेका विषयवस्तुमाथिको विमर्शलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि जनाए ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको