हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही काठमाडौं उपत्यकासहित तराईका हुस्सु र कुहिरो लागेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।
आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकामा १० बजेसम्म हुस्सु लाग्ने देखिएको छ। त्यसपछि मात्र घाम लाग्ने छ। हाल काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस रहेको श्रेष्ठले बताए।
यस्तै आज राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेको छ। यसैगरी, मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।
राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसो क्रमशः बढ्दै गएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए।
उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए।
उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङवाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए।