सत्ता गठबन्धनले ल्याएको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा के छ ? (पूर्णपाठसहित)

सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको हो।

सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ।

न्यायपालिका सुधार
अहिलेको न्यायपालिका सुधारका उपाय खोज्ने नीति तथा कार्यक्रमले जोड दिएको छ।प्रभावकारी न्याय सम्पादन नहुँदा न्यायको पहुँच पैसावालको हातमा पुगेको तथ्यलाई विश्लेषण गर्नुपर्ने भन्दै जनताको पहुँचमा न्यायको सिद्धान्त कार्यान्वयन हुन व्यापक सुधार गर्नुपर्ने उल्लेख छ।

शान्ति प्रक्रियाको टुंगो
नीति तथा कार्यक्रममा शान्ति प्रक्रियासँग सम्बन्धित विषय टुंगो लगाउन निर्णायक कदम चाल्नुपर्ने उल्लेख छ। देशमा विभिन्न खालका द्वन्द्व भएर शान्ति प्रक्रियामार्फत चार पटक चुनाव भइसक्दा पनि द्वन्द्वकालीन मुद्दाहरु सम्बोधन नभएका, द्वन्द्वपीडितको समस्या समाधान नभएकाले यसको समाधानमा लाग्नुपर्ने उल्लेख छ।

शिक्षा ऐन हेरफेर
कार्यक्रममा शिक्षा ऐन परिवर्तन गर्ने अर्काे बुँदामा उल्लेख छ। ‘विश्वविद्यालय ऐन परिमार्जन गरेर रोजगारमुखी शिक्षाका लागि शिक्षा ऐनमा व्यापक हेरफेर गर्नुपर्ने सुझाव दिइएको छ,’ कार्यदलका अर्का सदस्यले भने, ‘सर्वसुलभ शिक्षा प्राप्ति हाम्रो सरोकार हो।’

अहिलेको ऐनले शिक्षामा आमूल परिवर्तन नहुने र वेरोजगार मात्र बढाएको निष्कर्ष छ।स्वास्थ्यकर्मीलाई विशेष व्यवस्था अन्तर्गत समेट्ने प्रस्ताव गरिएको छ। सरकारी चिकित्सकको दरबन्दी बढाउन सुझाव दिइएको उनले बताए।

गाउँमा दरबन्दी नभएकैले डाक्टर नबसेका हुन्। लोकसेवालाई भनेर तत्काल दरबन्दी माग गर्न सुझाव दिइएको छ।

‘स्वास्थ्यकर्मी नियमित आपतकालमा काम गर्नेगरी छुट्टै ऐन बनाएर वा अहिले भएको ऐनमा संशोधन/परिमार्जन गर्ने बिशिष्टीकृत सेवाका कर्मचारीमा राखेर विशेष व्यवस्था गर्न सुझाव दिएका छौँ,’ उनले भने।

इन्टरनेट सस्तो बनाउने
नीति तथा कार्यक्रममा इन्टरनेटलाई सस्तो बनाउनुपर्ने कुरा उल्लेख गरिएको छ। देशमा डिजिटिलाइजेसन अघि बढाउन अहिलेको इन्टरनेट महंगो भएर सर्वसाधारणसम्म सजिलै पुर्‍याउन कठिनाई भएकाले यसको मूल्य सस्तो बनाउनुपर्ने सुझाव छ।

युवा उद्यमी कार्यक्रम
नेपालमै बसेका युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउन युवा उद्यमी कार्यक्रम बनाउने प्रस्ताव छ। ‘युवाहरुलाई उद्यमशील बनाई व्यवसाय कोरल्ने केन्द्र बनाएर नेपालमै रहेर आफ्ना सीप र क्षमता देखाउने काम गर्नुपर्ने उल्लेख छ,’ कार्यदलका सदस्यले थपे, ‘स्टार्टअप व्यवसाय गर्नेहरुलाई प्रोत्साहन, सहज बैकिङ ऋण उपलब्ध गराउनुपर्छ।’

विदेशका नेपालीलाई मताधिकार
विदेशमा बस्ने नेपालीलाई मताधिकारको सुविधा दिनुपर्ने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

अहिले नेपालबाट विदेश काम गर्न, व्यवसाय गर्न, अध्ययन गर्न गएका नेपालीहरुको संख्या ५० लाख रहेको अनुमान छ। उनीहरुलाई मताधिकार दिनुपर्नेमा कार्यदल सदस्यहरुबीच समझदारी बनेको हो।

मेक इन नेपाल, मेड इन नेपाल
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५मा ल्याएकै बजेटमा यो कुरा समेटिएको छ। नेपालमै उत्पादन भएका सामग्रीहरुलाई प्रवद्र्धन गर्ने यसको नीति हो।

जसअनुसार नेपालमा उत्पादन भएका केही वस्तुलाई निर्यात गर्दा सरकारले अनुदान दिने व्यवस्था कार्यान्वयनमा आइसकेको छ।

मल कारखाना
नेपालमा वर्षेनी किसानहरुले रासायनिक मल समयमै नपाउँदा हैरानी खेप्दै आएका छन्। यो समस्याको मूल कारण नेपालमै उत्पादन नभएकाले बाहिरबाट ल्याउँदा हुने ढिलाईलाई मध्यनजर गरी मल कारखाना खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘कारखाना नखोल्दासम्म मल खरिदलाई सहज बनाउन सरोकारवाला निकाय, ठेकेदार कम्पनी लगायतसँग छलफल गर्ने र कडाइका साथ काम गर्ने उल्लेख गरेका छौँ,’ कार्यदलका सदस्यले भने।

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थन पाएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले नीति तथा कार्यक्रम ल्याएर मात्र विश्वासको मत लिँदैछन्। २६ पुसमा उनले संसदबाट विश्वासको मत लिने तयारी छ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको