जानकारी बिनै आफ्ना नेताहरू प्रचण्ड र देउवा कहाँ धाउन थालेपछि रिसाए माधव नेपाल, दिए कडा प्रतिक्रिया

काठमाडौँ – एकीकृत समाजवादीका नेताहरूले पार्टीमा जानकारी बेगर एक्ला–एक्लै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।

उपमहासचिव जगन्नाथ खतिवडाले २२ गते शुक्रबार बिहान ८ बजे र सचिव रामकुमारी झाँक्रीले त्यही दिन बिहान ९ माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको सूचना पाएपछि अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गम्भीर आपत्ति जनाएका हुन् । सोही दिन झाँक्री लगायत केही सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए ।

खतिवडाले प्रचार विभाग प्रमुखको हैसियतमा पार्टी अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीचको भेटलाई व्यक्तिगत भन्ने, तर आफैँ खुसुखुसु प्रचण्डसँग भेट्न जाने कुरा सुहाउँदो नभएको भन्दै उनलाई कारबाही गरिनुपर्ने आवाज पार्टी पदाधिकारीबीच उठेको छ ।

प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री हुने तयारी गर्ने क्रममा एकीकृत समाजवादीलाई बेवास्ता गरी एक्लै गएको घटनापछि दुई पार्टीबीचको सम्बन्धमा आएको चिसोपना अझै कम भैसकेको छैन ।

पछिल्ला दिनमा सरकारलाई समर्थन गर्ने र एकता मामिलालाई लिएर संवाद सुरु भए पनि एकीकृत समाजवादीले प्रचण्डको कार्यशैली विश्वसनीय नभएका कारण अझैसम्म समर्थन दिने कि नदिने भन्ने निर्णय समेत गरेको छैन । यस्तो स्थितिमा पार्टीका पदाधिकारीहरू जानकारीबिना बालुवाटार जाने कुरा आपत्तिजनक रहेको एक पदाधिकारीले बताए ।

पार्टी महासचिव डा. बेदुराम भुसालले केही नेताहरूले अन्य पार्टीका नेताहरूलाई भेटेकोबारे पार्टीलाई कुनै जानकारी नभएको बताए ।

‘उहाँहरूले आफूखुसी भेटेको हो, त्यसबारे पार्टीलाई केही जानकारी छैन’, महासचिव भुसालको भनाइ छ । यसरी नेताहरूले आफूखुसी अर्को पार्टीका नेताहरू भेट्न थालेपछि अध्यक्ष नेपालले आफूनिकटका नेताहरूसँगको कुराकानीमा उनीहरूको कार्यशैलीले शङ्का उब्जाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘राजनीतिक भेटघाट हुनु सामान्य हो, तर यस्तो बेला पार्टीलाई जानकारी नदिई नेताहरू भेटघाटमा लाग्नुले शङ्का उब्जाएको छ’, माधव नेपाल निकट एक पदाधिकारीले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘नेताहरूका यस्ता गतिविधि र कार्यशैलीले शङ्का गर्ने ठाउँ देखियो ।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको