नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

लुम्बिनी अल स्टार्सले पहिलोपटक आयोजना गरिएको नेपाल टी२० लिगको उपाधि जितेको छ। बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको हो।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पाउनेछन्। लिग चरणका ८ खेलमा जित र २ खेलमा हार भाग्दै क्वालिफायरमा स्थान बनाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइलनमा स्थान बनाएको थियो।

विराटनगरले पहिलो एलिमिनेटर खेलमा खेलमा काठमाडौ किंग्सलाई ९९ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा जनकपुरलाई ३९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

लिगमा लगातार तीन खेल खेलेको विराटनगरका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। विराटनगरका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर अर्जुन साउद ३४ रनमा पवेलियन फर्के। ४० बलको सामना गरेका उनले १ चौका र २ छक्का हाने। पृथु बास्कोटा ३१ रनमा बोल्ड आउट भए। २९ बलको सामना गरेका पृथुले २ चौका र १ छक्का हाने। हुसैन तलात १३ रनमा रनआउट भए।

लुम्बिनीका हरमित र सागर ढकालले समान २ विकेट लिए। विपुल शर्मा र किशोर महतोले एक-एक विकेट आफ्नो नाममा गरे। त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी अल स्टार्स ४ बल अगावै १ सय ३३ रनमा अलआउट भयो।

लुम्बिनीका ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे। १८ बलमा ३ चौका र २ छक्का हानेका हरमित ३० रनमा क्याच आउट भए।

लाहिरु ४१ रनमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै फर्के। लाहिरुले २८ बलमा ३ चौका र ३ छक्का हाने।

कुशल भुर्तेल १ रनमा आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरी २० र इसान पाण्डे १८ रनमा पवेलियन फर्के। विपुल शर्माले ५, गुल्सन झाले ३ तथा सेड्ली भानले १ रन थपे।

लुम्बिनीका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। विराटनगरका नन्दन यादव र राज नन्दनले समान २ विकेट लिए। कियोन जोसेप, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको